दफा १५
थप सजाय मुद्दा हेर्ने :

कसैले यस ऐन अन्तर्गत कसुर ठहरिने कुनै कार्य गरेकोर्मा  त्यस्तो कार्य अन्य प्रचलित कानुनबमोजिम पनि कसुर ठहरिने रहेछ वा यस ऐन अन्तर्गतको कसुरको सिलसिलामा अन्य प्रचलित कानुन अन्तर्गतको कसुर पनि गरेको रहेछ भने त्यस्तो कसुर सम्बन्धी मुद्दामा पनि दफा १३ अन्तर्गतको अदालतले कारवाई र किनारा गर्नेछ र कसुरदारलाई प्रचलित कानुनबमोजिम हुने सजायमा यस ऐन बमोजिमको समेत थप सजाय हुनेछ ।