दफा ५०
थाहा पाएको मितिले फिराद गर्नु पर्ने

(१) दफा ४८ वा ४९ मा जुनसुकै कुरा लेखिएको भए तापनि धोका, कीर्ते, जालसाजी वा षड्यन्त्रको फलस्वरुप वा त्यस्तैअन्यकुनै कारण परी वा गोप्य रूपमा कुनै काम भई थाहा पाउन सक्ने स्थिति नभई कसैको हदम्याद गुज्रन गएकोमा निजलेत्यस्तो कुरा थाहा पाएको मितिले नब्बे दिनभित्र सोही व्यहोरा उल्लेख गरी फिराद दायर गर्न आएमा अदालतले यसपरिच्छेदको अधीनमा रही त्यस्तो फिरादपत्र दर्ता गर्नु पर्नेछ ।
(२) उपदफा (१) को प्रयोजनको लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा कुनै सङ्गठित संस्थाको हकमा त्यस्तोसरकार वा तहको सम्बन्धित कार्यालय वा त्यस्तो संस्थालाई फिराद गर्नु पर्ने कुराको जानकारी भएको मितिलाई थाहापाएको मिति मानिनेछ ।