दफा ८
थुनामा राखी कारबाही गर्न पर्ने
: प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल प्राप्त प्रमाणबाट अभियुक्त बोक्सीको आरोप सम्बन्धी कसूरको कसूरदार हो भन्ने विश्वास गर्ने मनासिव आधार भएमा मुद्दा हेर्ने अदालतले निजलाई थुनामा राखी कारबाही गर्नु पर्नेछ ।