दफा
थुनुवा वा कैदी पूर्जीः

(१) कुनै व्यक्तिलाई कुनै अपराधको तहकिकात जाँचबुझ वापुर्पक्षका लागि थुनामा राख्नु पर्ने भएमा निजलाई प्रचलित नेपाल कानुन बमोजिमको थुनुवा पूर्जी दिई अन्य अधिकारीको नियन्त्रणको कारागारमा राख्नु पर्ने भए सम्बन्धित कारागार कार्यालयलाई पनि सो बमोजिमको जनाउ दिनुपर्छ ।(२) कुनै अदालतको फैसला बमोजिम कुनै व्यक्तिलाई कैद गर्नुपर्दा निजले कुन कानुन अन्तर्गत के अपराध गरे वापत के कति सजाय हुने फैसलामा कुन मितिदेखि कुन मितिसम्म कैद हुने भएकोछ सो सबै खोली कैद ठेकी मुद्दा फैसला भएको तीन दिन भित्र
कैदी पूर्जी दिई सो कुराहरू र निजको वतन, वर्ष, वर्ण र हुलिया समेत खोली कारागार कार्यालयका नाउँमा पूर्जी लेखी कारागार पठाई दिनुपर्छ ।(३) थुनिने वा कैद पर्ने कुनै व्यक्तिको उपदफा (१) वा (२) बमोजिम दिइएको पूर्जी बुझी नलिएमा सो बुझी नलिएको व्यहोरा जनाई नजिकको एक अड्डाका हाकिमको सोही पूर्जीमा साक्षी सही गराई राख्नु पर्छ ।