दफा ४३
दण्ड जरिबाना
(१) कुनै अनुमतिपत्रवालाले आफूले उत्पादन गरेको वस्तु वा सेवा दफा १३ को उपदफा (२) मा उल्लिखित परिमाणभन्दा बढी नेपालको आन्तरिक बजारमा बिक्री गरेको पाइएमा प्राधिकरणले त्यस्तो अनुमतिपत्रवालालाई बिगो बमोजिमको रकम जरिबाना गर्नेछ ।
(२) कुनै अनुमतिपत्रवालाले प्राधिकरणसँग दफा ११ बमोजिम गरेको सम्झौता वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत अन्य कुनै काम गरेमा प्राधिकरणले त्यस्तो अनुमतिपत्रवालालाई निजले गरेको कामको प्रकृति हेरी देहायकोमध्ये सबै वा कुनै आदेश गर्न सक्नेछः–
(क) उद्योगको अनुमतिपत्र खारेज गर्ने,
(ख) उद्योग बन्द गर्ने,
(ग) पन्ध्र लाख रुपैयाँसम्म जरिबाना गर्ने ।
(३) प्राधिकरणले दफा ५० को उपदफा (२) बमोजिम दिएको निर्देशन पालना नगर्ने वा दफा ५२ बमोजिम प्रतिवेदन पेश नगर्ने अनुमतिपत्रवालालाई पच्चीस हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(४) कुनै अनुमतिपत्रवालाले प्राधिकरणसँग गरेको सम्झौता उल्लंघन गरेको वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत काम गरेको कारणबाट कसैलाई हानि नोक्सानी हुन गएमा त्यस्तो हानि नोक्सानी हुन गएको रकमको बिगो कायम गर्न सकिने भएमा सो बिगो बमोजिमको रकम र बिगो कायम हुन नसकेमा मनासिब माफिकको रकम प्राधिकरणले सम्बन्धित अनुमतिपत्रवालाबाट असूल उपर गरी हानि नोक्सानी पुगेको व्यक्तिलाई भराई दिनेछ ।
(५) यस दफा बमोजिम अनुमतिपत्रवालालाई कारबाही गर्नु अघि प्राधिकरणले निज उपर लागेको आरोपको सम्बन्धमा सफाई पेश गर्न मनासिब मौका दिनु पर्नेछ ।
(६) प्राधिकरणले उपदफा (१), (२) वा (३) बमोजिमको जरिबानाको रकम वा उपदफा (४) बमोजिमको हानि नोक्सानीको रकम सरकारी बाँकी सरह असूल उपर गर्नेछ ।