नियम ९
दण्ड जरिवानाको रकम असुल गर्ने
कर अधिकृतले ऐन अन्तर्गत कुनै व्यक्तिलाई दण्ड जरिवाना तोकी पठाएकोमा सो दण्ड जरिवानाको रकम सो व्यक्तिबाट असुल उपर गर्न निजले ३५ दिनको म्याद दिनु पर्छ र सो म्याद भित्र पनि रुपैयाँ दाखिल गरेको निस्सा केही प्राप्त हुन नआएमा कर अधिकृतको सूचना अनुसार माल अड्डाले अथवा नेपाल सरकारले तोकिदिएको अधिकारीले प्रचलित नेपाल कानुनको कार्य प्रणाली बमोजिम त्यस्तो करदाताको जायजात गर्नुपर्ने भए जायजात समेत गरी असुल उपर गरी लिनेछ ।