दफा १०
दण्ड सजाय
१०.१ उपदफा ३.२ बमोजिमको आदेशको बर्खिलाप गर्ने व्यक्तिलाई स्थानीय अधिकारीले छ महिनासम्म कैद वा एकहजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
१०.२ उपदफा १०.१ बमोजिमको सजायको आदेश उपर जिल्ला अदालतमा पुनरावेदन लाग्नेछ ।
१०.३ उपदफा १०.२ बमोजिम परेको पुनरावेदनमा जिल्ला अदालतले आदेशको बर्खिलाप भएको छ छैन भन्ने विषयमा सीमित रही पुनरावेदनको किनारा गर्नेछ ।