दफा २५
दण्ड सजाय
(१) दफा ४ को उपदफा (३) बमोजिमको पानी जहाज दर्ता गर्न झुठ्ठा विवरण
दाखिल गरेमा त्यस्तो पानी जहाजको धनीलाई र दफा १५ वा दफा २४ क. को विपरित काम
कारवाई गर्ने व्यक्तिलाई पचास हजार रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुबै सजाय
हुन सक्नेछ र त्यस्तोमा सम्बन्धित पानी जहाजको नेपाल को व्यापारिक पानी जहाजको
झण्डा प्रयोग गर्ने अधिकार झिक्न वा केही अवधिको लागि निलम्बन गर्न समेत सकिनेछ ।
(२) दफा १९ बमोजिम पानी जहाजमा लेख्नु पर्ने नाम र दर्ताको स्थान नलेखेमा वा
अनधिकृत नाम लेखिएमा वा रजिष्ट्रारको अनुमति बिना पानी जहाजको नाम बदलेमा त्यस्तो
पानी जहाजको धनीलाई दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
(३) दफा २४ को उपदफा (२) बमोजिम रजिष्ट्रारलाई सूचना नगर्ने पानी जहाजको
धनीलाई दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।