दफा ५०
दण्ड सजाय
(१) देहायको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछः–
(क) दफा ४९ को खण्ड (क) अन्तर्गतको कसूर गर्नेलाई त्यस्तो जग्गा राष्ट्रिय वनमा समावेश गरी तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ र सो जग्गामा बनाएको घर वा छाप्रो समेत जफत हुनेछ । त्यस्तो कसूर गर्दा वन पैदावार हटाएको वा नोक्सानी गरेको भए निजलाई सो बापत हुने सजाय समेत हुनेछ ।
(ख) दफा ४९ को खण्ड (ख) अन्तर्गतको कसूर गर्नेलाई बिगो असुल गरी तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
(ग) दफा ४९ को खण्ड (ग) अन्तर्गतको कसूर गर्नेलाई प्रत्येक चौपायाको देहायका दरले जरिबाना हुनेछः–
(१) भेडा, बाख्रा जातको भए पा“च रुपैया“ देखि पचास रुपैया“सम्म ।
(२) हात्ती जातको भए पा“च सय रुपैया“ देखि एक हजार रुपैया“सम्म ।
(३) अन्य चौपाया भए दश रुपैया“ देखि एकसय रुपैया“सम्म ।
(घ) दफा ४९ को खण्ड (घ), (ङ), (च), (छ) वा (ज) अन्तर्गतको कसूर गर्नेलाई कसूरसग सम्बन्धित वन पैदावार जफत गरी देहाय बमोजिमको सजाय हुनेछः–
(१) एकसय रुपैया“सम्मको बिगो भए एक सय रुपैया“सम्म जरिबाना ।
(२) एकसय रुपैया“ देखि माथि एक हजार रुपैया“सम्मको बिगो भए बिगो बमोजिम जरिबाना ।
(३) एक हजार रुपैया“ देखि माथि पा“च हजार रुपैया“सम्मको बिगो भए बिगो बमोजिम जरिबाना वा छ महिनासम्म कैद वा दुवै ।
(४) पा“च हजार रुपैया“ भन्दा बढीको बिगो भए बिगोको दोब्बर जरिबाना वा एक वर्षसम्म कैद वा दुवै ।
(ङ) दफा ४९ को खण्ड (झ) अन्तर्गतको कसूर गर्नेलाई कसूरस“ग सम्बन्धित वन पैदावार जफत गरी पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै ।
(च) दफा ४९ को खण्ड (ञ) वा (ड) अन्तर्गतको कसूर गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना ।
(छ) दफा ४९ को खण्ड (ट) अन्तर्गतको कसूर गर्नेलाई कसूरको मात्रा हेरी प्रति विरुवा पाँचसय रुपैयाँसम्म जरिबाना हुनेछ र सोही कसूर पुन गर्नेलाई कसूरको मात्रा अनुसार प्रत्येक पटक एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै समेत हुनेछ ।
(ज) दफा ४९ को खण्ड (ठ) अन्तर्गतको कसूर गर्नेलाई बिगो असुल गरी दुई वर्षसम्म कैद वा बीसहजार रुपैयाँसम्म जरिबाना वा दुवै हुनेछ ।
(झ) दफा ४९ को खण्ड (ढ) अन्तर्गतको कसूर गर्नेलाई प्रचलित कानूनमा व्यवस्था भए अनुसार सजाय हुनेछ ।
(ञ) दफा ४९ को खण्ड (ण) अन्तर्गतको कसूर गर्नेलाई बिगो भए बिगो असुल गरी एक हजार रुपैया“सम्म जरिबाना हुनेछ ।
(२) दफा १६ को उपदफा (१) अन्तर्गत कसूर गर्ने व्यक्ति वा सरकारी कर्मचारीलाई दश हजार रुपैया“सम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।