दफा १६
दण्ड सजाय
: (१) अदालतबाट मुद्दाको कारबाही र किनारा हुँदा कसूर गरेको ठहरिएमा कसूरदारबाट वितरकलाई हुन गएको वास्तविक हानि नोक्सानी बापतको बिगो र बिगो बमोजिमको क्षतिपूर्ति रकम कसूरदारबाट वितरकलाई भराई त्यस्तो कसूरदारलाई पाँच हजार रुपैयाँसम्म जरिबाना वा कसूरको मात्रा अनुसार तीन महिनासम्म कैद वा दुबै सजाय हुनेछ ।
(२) एक पटक कसूर गरेको ठहरिसकेको व्यक्तिले पुन सोही कसूर गरेको ठहरिएमा प्रत्येक पटक वितरकलाई हुन गएको हानि नोक्सानी बापतको बिगो र क्षतिपूर्ति बापत बिगोको दुई सय प्रतिशत रकम कसूरदारबाट वितरकलाई भराई त्यस्तो कसूरदारलाई दश हजार रुपैयाँसम्म जरिबाना वा छ महिनासम्म कैद वा दुबै सजाय हुनेछ ।