(१) जग्गा नाप जाँच वा नियन्त्रण विन्दु स्थान खडा गर्दा कसैले रोक छेक चिन्ह
बिगारी जनतालाई भडकाई वा हुल हुज्जत गरी वा अरू कुनै किसिमले नाप जाँच वा नियन्त्रण
विन्दु स्थान खडा गर्ने काममा वाधा गर गराएमा त्यस्तो बाधा गर्ने गराउने व्यक्तिलाई तोकिएको
अधिकारीले पहिलो पटक पचास रूपैयाँसम्म, दोस्रो पटक पचासदेखि एकसय रूपैयाँ र तेस्रो पटक
एकसय देखि पाचसय रूपैया जरिवाना वा छ महीना कैद वा दुवै सजाय गर्न सक्नेछ ।
(२) दफा ८ बमोजिम नाप जाँच भएको जग्गामा कुनै किसिमको घटबढ भयो भनी झुठो
उजूर गरेको ठहरिएमा त्यस्तो झुटो उजूर गर्ने व्यक्तिलाई बढीमा ने. रू १००।– सम्म तोकिएको
अधिकारीले जरिवाना गर्न सक्नेछ ।
(३) दफा ३क. अनुसार म्यादभित्र श्रेस्ता तयार गरी नबुझाउने जिमिदारलाई पाँच सय
रूपैयाँसम्म, पटवारीलाई तीनसय रूपैयाँसम्म र उपस्थित नहुने वा आफनो प्रतिनिधि नपठाउने
जिमिदार पटवारी प्रत्येकलाई प्रतिदिनको अनुपस्थितिको लागि पाँच रूपैयाँसम्म मालपोत
कार्यालयको प्रमुखले जरिवाना गर्न सक्नेछ ।
(४) कसैले नापी विभागको स्वीकृति वेगर नियन्त्रण विन्दु स्थानलाई सारेमा वा
भत्काएका वा विगारेमा वा अन्य कुनै किसिमले हानी नोक्सानी गरेमा निजलाई तोकिएको
अधिकारीले नोक्सानी भएको रकम र नियन्त्रण विन्दु स्थान पुन खडा गर्दा वा मिलाउँदा लाग्ने
सम्पूर्ण खर्च असुल उपर गरी एक हजार रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ । यस सम्बन्धमा झुट्टा
उजूर गर्ने व्यक्तिलाई तोक्रिएको अधिकारीले त्यस्तो झुठ्ठा उजूरीबाट हुन गएको खर्चको रकम
निजबाट असूल उपर गरी पाँचसय रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
(५) कसैले दफा ११घ बमोजिम स्वीकृति नलिई कुनै काम कारवाई गरेमा तोकिएको
अधिकारीले निजलाई बीस हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ र त्यसरी स्वीकृति नलिई
गरिएको कामसंग सम्बन्धित सम्पूर्ण नाप नक्सा लगायतका अन्य सामग्रीहरु जफत हुनेछ ।
(६) कसैले यस ऐन विपरीतको अन्य कुनै काम कारबाही गरेमा तोकिएको अधिकारीले
निजलाई दश हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।