दफा
दण्ड सजाय

(१) कसैले झुठ्ठा व्यहोरा देखाई जग्गा प्राप्त गरेमा वा दफा ६ को कुनै कुरा उल्लघंन गरेमा तोकिएको अधिकारीले निजले प्राप्त गरेको जग्गा र सो जग्गा प्राप्त गर्दा बुझाएको रकम जफत गर्न सक्नेछ ।
(२) यस ऐन अन्तर्गत काम कारवाई गर्दा कसैले बाधा विरोध गरेमा तोकिएको अधिकारीले निजलाई एक हजार रुपैयाँसम्म जरिवाना वा एक वर्ष सम्म कैद वा दुवै सजाय गर्न सक्नेछ ।