दफा १०
दण्ड सजाय
(१) दफा ३, ५ वा ७ को बर्खिलाप काम गर्ने होटेल मालिक वा दफा ३ वा ७ को बर्खिलाप काम गर्ने कुनै पसलको मालिकलाई तोकिएको अधिकारीले बढीमा एक लाख रुपैयाँसम्म् जरिवाना गर्न र आवश्यक देखिए त्यस्तो होटेल वा पसल बन्द गर्ने आदेश दिन सक्नेछ ।
(२) दफा ४ को बर्खिलाप काम गर्ने होटेल मालिकलाई तोकिएको अधिकारील एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ र सो दफाको बर्खिलाप होटेलमा भैरहेको वा हुने भएको मनोरञ्जन वा नाच गान बन्द गराउनेछ ।
(३) दफा ८ वा ९ को उल्लंघन गर्ने होटेल वा पसलको मालिक वा अन्य कुनै व्यक्तिलाई तोकिएको अधिकारीको आदेशले बढीमा ३ महीनासम्म कैद वा पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्नेछ ।