नियम २१
ददर्थ समितिको गठन
: (१) ऐनको दफा ४७ को उपदफा (३) बमोजिम समिति विघटन भएमा संस्थाको दैनिक कार्य सञ्चालन गर्न र अर्को समितिको निर्वाचन गराउन रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप अधिकारीले सदस्यहरूमध्येबाट सात जनाको एक तदर्थ समिति गठन गर्नु पर्नेछ: ।

(२) उपनियम (१) बमोजिम तदर्थ समिति गठन गर्दा देहाय बमोजिमका आधार लिनु पर्नेछ :-

(क) सदस्यको नाममा संस्थाको तिर्नुपर्ने भाखा नाघेको तक्र्रण वा अन्य बाँकी बक्यौता रहेको हुन नहुने,

(ख) एकै परिवारका एकभन्दा बढी सदस्य समितिमा रहेको हुन नहुने,

(ग) साबिकमा कायम रहेको समितिको सदस्य वा त्यस्तो परिवारको सदस्य हुन नहुने,

(घ)। उपलब्ध भएसम्म जम्मा सदस्यको कम्तीमा तेत्तीस प्रतिशत महिला हुनुपर्ने ।