अनुसूची
दफा ८ को उपदफा (२) सँग सम्बन्धित) राजनीतिक दलको विधानमा उल्लेख हुनु पर्ने कुराहरु

१. दलको पुरा नाम र छोटकरी नाम भए त्यस्तो नाम,

२. दलको केन्द्रीय कार्यालय रहने स्थान,

३. दलको छाप, चिन्ह वा झण्डासम्बन्धी विवरण,

४. दलको उद्देश्य तथा कार्यक्रम,

५. दलको सदस्यता प्राप्त हुने तथा गुम्ने अवस्था,

६. दलको सङ्गठनात्मक संरचना,

७. दलको केन्द्रीय समिति, प्रदेश समिति र स्थानीय तहमा रहने पदाधिकारीको विवरण,

८. दलको केन्द्रीय समिति, प्रदेश समिति र स्थानीय तहका पदाधिकारीको निर्वाचन र मनोनयन
सम्बन्धी व्यवस्था,

९. महाधिवेशन सम्बन्धी व्यवस्था,

१०. दलको विभिन्न समिति वा इकाईको बैठक तथा बैठक बोलाउने र निर्णय गर्ने कार्यविधि,

११. सदस्य वा पदाधिकारीलाई हुन सक्ने अनुशासनात्मक कारबाही,

१२. पुनरावेदन सुत्रे सम्बन्धी संयन्त्र,

१३. दलको कोष, आर्थिक व्यवस्थापन र त्यसको लागि जिम्मेवार पदाधिकारी,

१४ उम्मेदवार मनोनयन सम्बन्धी कार्यविधि,

१५. लेखा, लेखापरीक्षण तथा लेखा परीक्षण समिति सम्बन्धी व्यवस्था,

१६. नीति तथा कार्यक्रम निर्माणमा सदस्य वा तल्ला निकायलाई सहभागी गराउने प्रक्रिया,

१७. दलको विधान संशोधनको कार्यविधि,

१८. दल विघटन हुने अवस्था र विघटन भएमा सम्पत्ति तथा दायित्वको व्यवस्थापन,

१९. दलका विभिन्न समितिमा हुनु पर्ने समानुपातिक समावेशी व्यवस्था,

२०. नियमावली बनाउने अधिकार,

२१. आन्तरिक परिपत्र गर्ने व्यवस्था,

२२. दलको सदस्यता तथा नवीकरण शुल्क सम्बन्धी व्यवस्था,

२३. दलको सदस्यता दर्ता किताब सम्बन्धी व्यवस्था,

२४. अन्य आवश्यक कुरा