नियम ४
दरखास्त दस्तुर
नियम ३ को उपनियम (१) बमोजिम दरखास्त दिने व्यक्तिले प्रमाणीकरण गर्नु पर्ने प्रत्येक लिखतको रु. २५।– का दरले दरखास्त साथ दरखास्त दस्तुर दाखिल गर्नु पर्दछ । तर विदेशमा भए राष्ट्र बैङ्कको सटही गर्ने दरले हुने अङ्क कायम गरी सम्बन्धित देशको मुद्रामा नै यस्तो दस्तुर लिनु पर्दछ ।