(१) निकासी वा पैठारी इजाजतपत्रको निमित्त दरखास्त दिंदा एकसय रुपैया दरखास्त दस्तूर लाग्ने छ ।
(२) पैठारी इजाजतपत्रको निमित्त दरखास्त दिने व्यक्तिले जे जति मूल्य खुलाई इजाजतपत्रको लागि दरखास्त गरेको हो त्यस्तो मूल्य वापत देहाय बमोजिमको दरले हुने इजाजत दस्तूर दरखास्त साथ बुझाउनु पर्नेछः– इजाजतपत्रमा उल्लेख गर्न चाहेको मूल्य दस्तूर
(१) रु. ५०००।– सम्मको निमित्त– रु.२०।–
(२) रु. ५,०००।– भन्दा बढी रु.१०,०००।– सम्मको निमित्त– रु.६०।–
(३) रु.१०,०००।– भन्दा वढी रु.२५,०००।– सम्मको निमित्त– रु.१५०।–
(४) रु.२५,०००।– भन्दा वढी.५०,०००।– सम्मको निमित्त– रु.३००।–
(५) रु.५०,०००।–भन्दा बढी रु.१,००,०००।–सम्मको निमित्त– रु.६००।–
(६) रु.१,००,०००।– भन्दा वढी
जतिसुकै मूल्यको निमित्त खण्ड (५) को निमित्त तोकिएको दस्तूरमा प्रत्येक रु.१०,०००।– वा त्यस्को अंशको निमित्त रु.६०।– का दरले हुने जति रकम ।
(३) निकासी इजाजतपत्र जारी गर्न इजाजत दस्तूर लाग्ने छैन ।
(४) उप–नियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको मालवस्तुको पैठारी इजाजतपत्र वापत लाग्ने इजाजत दस्तूर सोही सूचना तोकिए बमोजिम हुनेछ
(५) कुनै दरखास्तवालाले इजाजतपत्र नपाउने भएमा दरखास्त दस्तूर बाहेक निजले बुझाएको इजाजत दस्तूर फिर्ता पाउनेछ ।
(६) इजाजतपत्र हराएमा वा नासिएमा इजाजतपत्र प्राप्त व्यक्तिले सो कुरा उल्लेख गरी इजाजतपत्र जारी गर्ने अधिकारी समक्ष दरखास्त दिनु पर्छ र व्यहोरा
मनासिव देखिएमा इजाजतपत्र जारी गर्ने अधिकारीले त्यसरी हराएको वा नासिएको इजाजतपत्रको प्रमाणित प्रतिलिपि दिन सक्नेछ । त्यसरी इजाजतपत्रको प्रमाणित प्रतिलिपि दिंदा नयाँँ इजाजतपत्र सरह दस्तूर लाग्नेछ ।
(७) यी नियमहरुमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी कार्यालय तथा भन्सार सुविधा प्राप्त व्यक्तिहरुको नाममा निकासी वा पैठारी इजाजतपत्र जारी गर्दा दरखास्त दस्तुर र इजाजत दस्तुर लाग्ने छैन ।