अनुसूची २
दरखास्तको ढाँचा
(नियम ९ संग सम्बन्धित)
दरखास्तको ढाँचा
श्री महानिर्देशक,
पर्यटन विभाग ।
महोदय,
मलाई पथ प्रदर्शकको काम गर्ने इच्छा भएकोले पर्यटन ऐन, २०३५ को दफा ३९ को उपदफा (१)
बमोजिम इजाजतपत्र पाउनको निमित्त दरखास्त दस्तुर एक सय रूपैयाँ यसैसाथ राखी निम्न लिखित
व्यहोरा खुलाई निवेदन गरेको छु । पासपोर्ट साइजको २ प्रति फोटो र नेपाल पर्यटन तथा होटेल
व्यवस्थापन प्रतिष्ठान वा पर्वतीय प्रशिक्षण प्रतिष्ठानबाट प्राप्त प्रमाणपत्रको नक्कल यसैसाथ पेश गरेको छु
। सक्कल विभागले चाहेको बखतमा पेश गर्नेछु । इजाजतपत्र पाएमा प्रचलित कानूनको अधिनमा रही पथ
प्रदर्शक सम्बन्धी काम गर्नेछु ।
निवेदकको ः
(क) नाम, थर र वतन ः–
(ख) बाबुको नाम, थर र वतन ः–
(ग) बाजेको नाम, थर र वतन ः–
(घ) शैक्षिक योग्यता वा तालीम ः–
(ङ) उमेर ः–
(च) अनुभव ः–
मितिः– निवेदक,
पहिलो संशोधनद्वारा संशोधित ।