दफा १८
दर्ता दस्तुर
(१) प्रचलित कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक अदालतमा देहायका लिखत दर्ता गर्दा देहाय बमोजिमको दस्तुर लाग्नेछः-
(क) वकालतनामाको दश रुपैयाँ,
(ख) लिखित बहसनोटको बीस रुपैयाँ,
(ग) लिखित जवाफको पचास रुपैयाँ,
(घ) पुनरावेदनपत्रको पचास रुपैयाँ,
(ङ) अन्य जुनसुकै विषयको निवेदनको दश रुपैयाँ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार वादी भएको मुद्दामा सरकारी पक्षलाई अभियोगपत्र दर्ता गर्न, पूरक लिखत पेस गर्न वा अन्य कुनै निवेदन वा लिखत प्रमाण पेस गर्न दस्तुर लाग्ने छैन।