नियम १९
दर्ता दस्तूर
(१) हाल आवादी गर्न स्वीकृति दिएको जग्गा दर्ता गर्दा सो जग्गामा
लाग्ने एक वर्षको मालपोतको अड्ढको दश दोव्बर रकम जग्गा पाउने व्यतिmबाट जग्गा
आवाद गर्न पाए वापतको दस्तूर मालपोत कार्यालयले असूल गर्नेछ ।
(२) उपनियम (१) बमोजिमको दस्तूर किस्ताबन्दीमा दश वर्षभित्र बुझाउन
पाउने गरी समितिले तोकीदिन सक्नेछ ।