दफा ३०
दर्ता प्रमाणपत्र, इजाजतपत्र वा चालक अनुमतिपत्र निलम्बन वा स्थगित गर्न लेखी पठाउन सक्ने
कुनै व्यक्तिले दफा २८ बमोजिम लागेको जरिबाना नबुझाएमा त्यस्तो जरिबाना नबुझाएसम्मको लागि बोर्डले त्यस्तो सवारी साधनको दर्ता प्रमाणपत्र वा इजाजतपत्र स्थगित गर्न वा चालक अनुमतिपत्र निलम्बन गर्न सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ र त्यसरी लेखी आएमा सम्बन्धित निकायले पनि सम्बन्धित सवारीको दर्ता प्रमाणपत्र वा इजाजतपत्र स्थगित गर्न वा चालक अनुमतिपत्र निलम्बन गरी दिन पर्नेछ ।