दफा २४
दर्ता बदर हुने अवस्था
(१) कुनै नेपाली पानी जहाज देहायका अवस्थामा परेमा सो पानी
जहाजको दर्ता बदर हुनेछ ः–
(क) समुद्री व्यापारबाट स्थायीरुपमा झिकिएमा,
(ख) हराएमा,
(ग) नष्ट भएमा,
(घ) स्थायी रुपमा उपयोग हुन नसक्ने भएमा, र
(ङ) दफा ४ वा ५ मा उल्लिखित शर्तहरूको पालना नभएमा ।
(२) कुनै पानी जहाज उप–दफा (१) बमोजिमको अवस्थामा परेपछि सो पानी जहाजको
धनीले सो कुरा थाहा पाएको मितिले १५ दिनभित्र रजिष्ट्रारलाई त्यसको सूचना दिनु पर्नेछ ।