दफा १९
दर्ता शुल्कसम्बन्धी व्यवस्था
(१) प्रारम्भिक सूचना, संशोधनको सूचना, निरन्तरताको विवरण, समाप्तिको विवरण, सच्याउने विवरणको दर्ताको लागि वा अभिलेख खोजीका लागि पाँच सय रुपैयाँ शुल्क लाग्नेछ । (२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दर्ता कार्यालयले उपलब्ध गराएको विद्युतीय प्रविधिको उपयोग गरी अभिलेख खोजी गरेबापत कुनै पनि शुल्क लाग्ने छैन । (३) यस ऐनबमोजिम उपलव्ध गराइएका अन्य सेवाहरुका लागि कुनै पनि शुल्क लाग्ने छैन । (४) रजिष्ट्रारले दर्ता कार्यालयबाट उपलव्ध गराइने सेवा उपभोग गर्ने व्यक्तिहरुको खाता खडा गरी त्यस्तो सेवाबापत लगाइएको शुल्क आवधिकरुपमा भुक्तानी गर्नेसम्बन्धी कार्यविधि तय गर्न सक्नेछ ।