दफा १४
दर्ताको प्रमाणपत्र
(१) कुनै व्यापारिक पानी जहाज नेपाल पानी जहाज कार्यालयको दर्ता
किताबमा दर्ता गरिएपछि रजिष्ट्रारले दर्ता किताबमा जनिएको व्यहोरा समेतको दर्ता उतार
तोकिएको दस्तूर लिई प्रदान गर्नेछ र यसरी प्रदान गरिएको दर्ता उतार नै पानी जहाजको
राष्ट्रियताको प्रमाण–पत्र हुनेछ र यसलाई दर्ताको प्रमाण–पत्र मानिनेछ । यसको दर्ताको प्रमाण–
पत्रको ढाँचा तोकिएबमोजिमको हुनेछ ।
(२) उप–दफा (१) बमोजिम प्रदान गरिएको दर्ताको प्रमाण–पत्र हरबखत पानी जहाजमा
राख्नु पर्नेछ ।
(३) दर्ताको प्रमाण–पत्र एक सार्वजनिक लिखत मानिनेछ ।
(४) पानी जहाजको नाम, टनेज, श्रेणी वा अन्य मुख्य मुख्य विवरणमा हेरफेर भएको
खण्डमा त्यस्तो पानी जहाजलाई तोकिएको दस्तूर लिई नयाँ दर्ताको प्रमाणपत्र प्रदान गरिनेछ ।