दफा ३०
दर्तावाला लेखापरीक्षक सम्बन्धी विशेष व्यवस्था
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो दफा प्रारम्भ हुँदाका बखत कायम रहेका दर्तावाला लेखापरीक्षकहरुलाई परिषद्ले यो ऐन र यस ऐन अन्तर्गत बनेका नियम तथा विनियमहरुका अधीनमा रही यस ऐन बमोजिम लेखापरीक्षण सेवा प्रदान गर्न तोकिए बमोजिम वर्गीकरण गरी पेशागत प्रमाणपत्र दिनेछ ।
तर त्यस्ता दर्तावाला लेखापरीक्षकहरुलाई निजहरुले लेखापरीक्षक सम्बन्धी ऐन, २०३१ बमोजिम पाई आएका सुविधाबाट वञ्चित गरिने छैन ।