दफा ५०
दल दर्ता किताब रहने
(१) दलसंँग सम्बन्धित विवरणको अभिलेख राख्ने प्रयोजनको लागि आयोगमा र आयोगले तोकिदिएको कार्यालयमा दल दर्ता किताब रहनेछ र त्यस्तो दर्ता किताब विद्युतीय माध्यममा पनि राख्न सकिनेछ ।
(२) उपदफा (१) बमोजिमको अभिलेख तोकिए बमोजिमको अधिकारीले प्रमाणित गर्नेछ ।
(३) दल दर्ता किताब सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।