नियम ९
दल दर्ताका शर्तहरू
राजनैतिक दलले नियम ५ बमोजिम दल दर्ताको लागि निवेदन पेश गर्दा संविधानको धारा १४२ को उपधारा (३) द्वारा निर्धारित देहायका शर्तहरू पूरा गरेको वा पूरा गर्ने कबोल गर्नु पर्नेछ ः–
(क) विधान वा नियमावलीमा भएको लोकतान्त्रिक व्यवस्था वा विधान वा नियमावलीमा गर्ने लोकतान्त्रिक व्यवस्था,
(ख) विधान वा नियमावलीमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका प्रत्येक तहका पदाधिकारीहरूको निर्वाचन हुने व्यवस्था,
(ग) विभिन्न स्तरका कार्यकारिणी समितिमा महिला, दलित लगायत उपेक्षित र उत्पीडित क्षेत्रका सदस्यहरू समेत रहने समावेशी व्यवस्था,
(घ) दलको विधानमा दलका सदस्यहरूलाई अनुशासित तुल्याउने प्रभावकारी व्यवस्था ।