नियम
दल दर्ताको निवेदन साथ संलग्न हुनु पर्ने कागजात
राजनैतिक दलले नियम ५ बमोजिम दल दर्ताको लागि निवेदन दिंदा देहायका कागज तथा विवरणहरू संलग्न गर्नु पर्नेछ ः–
(क) राजनैतिक दलको विधान,
(ख) राजनैतिक दलको घोषणापत्र,
(ग) राजनैतिक दलका नियमावली,
(घ) राजनैतिक दलको झण्डा, चिन्ह,
(ङ) राजनैतिक दलको आधिकारिक छापको नमूना,
(च) केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको केन्द्रीय स्तरको समितिका पदाधिकारीहरूको नेपाली नागरिकताको प्रमाणपत्रको छाँयाप्रति,
(छ) सम्वत् २०६४ सालमा निर्वाचित तत्कालिन संविधानसभामा प्रतिनिधित्व गरेका भए सो प्रमाणित हुने लिखत,
(ज) राजनैतिक दल दर्ताको लागि अधिकार प्राप्त व्यक्तिले प्राप्त गरेको अधिकारपत्र,
(झ) कम्तीमा दश हजार मतदाताहरूको समर्थन सहितको हस्ताक्षरयुक्त निवेदन ।
तर, सम्वत्र २०६४ सालमा निर्वाचित तत्कालिन संविधानसभामा प्रतिनिधित्व गरेमा राजनैतिक दलहरूको हकमा यस्तो
हस्ताक्षरयुक्त निवदेनको आवश्यकता पर्ने छैन ।