नियम ४
दल दर्ताको सूचना
ः
(१) आयोगले निर्वाचन हुनु अघि निर्वाचन प्रयोजनको लागि राजनैतिक दल दर्ता गराउन चाहने राजनैतिक दललाई बढीमा एक महिनासम्मको समय दिई दल दर्ता गराउनको निम्ति नेपाल राजपत्रमा सूचना प्रकाशन गर्नु पर्नेछ ।
(२) आयोगले त्यस्तो सूचना राष्ट्रिय स्तरका पत्र–पत्रिका तथा सञ्चार माध्यममा समेत प्रकाशन तथा प्रसारण गर्नु पर्नेछ ।