दफा
दलको विधान
(१) दलको कार्य सम्पादन र आन्तरिक काम, कारबाहीलाई व्यवस्थापन गर्न एउटा विधान हुनु पर्नेछ ।
(२) अनुसूचीमा उल्लिखित विषयहरु विधानमा समावेश भएको हुनु पर्नेछ ।
(३) दलले संविधान, यो ऐन र विधानको अधीनमा रही दलको कार्य सम्पादन सम्बन्धी कार्यविधिगत विषयहरु निर्धारण गर्न आवश्यक नियमावली बनाउन सक्नेछ ।