दफा
दस्तुर बुझाउनु पर्ने

(१) दफा ७ बमोजिम निवेदन दिंदा तोकिए बमोजिमको दस्तुर लाग्नेछ ।
(२) दफा ७ बमोजिम दर्ता भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले प्रत्येक वर्ष तोकिए बमोजिमको दस्तुर समितिमा बुझाउनु पर्नेछ ।
तर दफा ४ को उपदफा (३) बमोजिम गैर सरकारी स्वास्थ्य संस्थाले स्थायी सुरक्षा माग
गर्दा तोकिए बमोजिमको थप दस्तुर लाग्नेछ ।