नियम ९
दस्तुर बुझाउनु पर्ने
(१) नियम ७ बमोजिम समितिमा नाम दर्ता गराउने स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले क्रमशः अनुसूची–५ र अनुसूची–६ बमोजिमको वार्षिक दस्तुर अग्रीम रुपमा असार मसान्तभित्र समितिमा बुझाउनु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पहिलो पटक नाम दर्ता गराउने स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले नाम दर्ता गराउँदाको अवस्थामा नै सो उपनियम बमोजिम लाग्ने दस्तुर समितिमा बुझाउनु पर्नेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै गैरसरकारी स्वास्थ्य संस्थाले स्थायी रुपमा सुरक्षा माग गरेमा सो उपनियममा लेखिएको दस्तुरको दोब्बर दस्तुर अग्रीम रुपमा समितिमा बुझाउनु पर्नेछ ।
(४) समितिले यस नियम बमोजिम दस्तुर प्राप्त गरेपछि सम्बन्धित स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई सोको भरपाई दिनु पर्नेछ ।