नियम २१
दस्तुर बुझाउने पर्ने

२१. दस्तुर बुझाउने पर्ने ः

(१) निकुञ्जभित्र देहायको कार्य गरे वापत अनुसूची–१ बमोजिमको दस्तुर बुझाउनु पर्नेछ ः–

(क) सवारी साधन चलाएमा (राजमार्ग बाहेक),
(ख) क्याम्प गरेमा,
(ग) निकुञ्जको गाइडको सेवा उपलब्ध गरेमा,
(घ) खरखडाई वा वनकस काटेमा,
(ङ) सुन चालेमा,
(च) च्याउ टिपेमा ।
(२) उपनियम (१) बमोजिम दस्तुर बुझाउने व्यक्तिलाई अनुसुची–८ बमोजिमको दस्तुर बुझाएको रसिर दिइनेछ ।