नियम ७
दाखिला नगर्ने उपर कारवाही हुने
ः
(१) सेवा शुल्क उठाइ बोर्डको कोषमा दाखिला गर्नु पर्ने कर्तव्य भएको पर्यटन व्यवसायी वा कुनै व्यक्ति वा निकायले सेवा शुल्क नउठाएमा
वा उठाएर पनि बोर्डको कोषमा दाखिला नगरेमा त्यस्तो पर्यटन व्यवसायी वा कुनै व्यक्ति वा निकायसँग सेवा शुल्क वापतको रकम असुल गर्न बोर्डले आवश्यक कारवाही चलाउन सक्नेछ ।
(२) कुनै पर्यटन व्यवसायीले सेवा शुल्क नउठाएमा वा उठाएर पनि बोर्डको कोषमा दाखिला नगरेको पाइएमा बोर्डले त्यस्तो पर्यटन व्यवसायीको अनुमति पत्र निलम्वन वा खारेज गर्नकोलागि नेपाल सरकारको सम्बन्धित निकायमा लेखि पठाउन सक्नेछ ।
(३) उपनियम (२) वमोजिम लेखि आएको अवस्थामा नेपाल सरकारको सम्बन्धित निकायले पनि सम्बन्धित पर्यटन व्यवसायीलाई बोर्डलाई हुन गएको हानी नोक्सानी वापतको रकम तिर्न लगाउने छ । र सम्बन्धित पर्यटन व्यवसायीले बोर्डलाई हुन गएको हानी नोक्सानी
वापतको रकम नवुझाएमा नेपाल सरकारले त्यस्तो पर्यटन व्यवसायीको अनुमतिपत्र कुनै निश्चित अवधिको लागि निलम्वन गर्न वा रद्द गर्न सक्नेछ ।
(४) पर्यटन व्यवसायीको कारणवाट बोर्डलाइ हुन गएको हानी नोक्सानी वापत सम्बन्धित पर्यटन व्यवसायीवाट बोर्डले मुनासिव माफिकको क्षतिपूर्ति भराउन सक्नेछ ।