नियम १२
दाताको सम्मान
(१) कोषलाई देहाय बमोजिम चन्दा वा सहायता दिने दातालाई देहाय
बमोजिम सम्मान गरिनेछ ः–
(क) कम्तीमा दश लाख रुपैया“ (रु. १०,००,०००।–) वा सो बराबरको
विदेशी मुद्रा प्रदान गर्ने दातालाई अध्यक्षबाट सम्मानित सञ्चालक
(ट्रष्टी) को उपाधि तथा प्रमाणपत्र सहित कोषको प्रतीक प्रदान
गरिनेछ ।
(ख) कम्तीमा पा“च लाख रुपैया“ (रु. ५,००,०००।–) वा सो बराबरको
विदेशी मुद्रा प्रदान गर्ने बढीमा ५०१ दातालाई अध्यक्षबाट सम्मानित
सदस्यको उपाधि तथा प्रमाणपत्र सहित कोषको प्रतीक प्रदान गरिनेछ ।
(ग) कम्तीमा दुईलाख पचासहजार रुपैया“ (रु. २,५०,०००।–) वा सो
बराबरको विदेशी मुद्रा प्रदान गर्ने बढीमा १००१ दातालाई अध्यक्षबाट
प्रदान गरिनेछ ।
(घ) कम्तीमा एक लाख रुपैया“ (रु. १,००,०००।–) वा सो बराबरको विदेशी
मुद्रा प्रदान गर्ने दातालाई अध्यक्षबाट सहयोगीको उपाधि तथा
प्रमाणपत्र सहित कोषको प्रतीक प्रदान गरिनेछ । यस्तो उपाधि २५
वर्षसम्म कायम रहनेछ ।
(२) उपनियम (१) को खण्ड (क) मा उल्लिखित उपाधि अध्यक्षको अनुरोधमा
संरक्षकबाटै प्रदान हुन सक्नेछ ।