दफा ६५
दामासाही प्रशासन कार्यालय स्थापना हुने
: (१) यो ऐन प्रारम्भ भएपछि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी दामासाही प्रशासन कार्यालय स्थापना गर्नेछ । यसरी कार्यालयको स्थापना नभएसम्म नेपाल सरकारले आफ्नो कुनै कार्यालयलाई दामासाही प्रशासन कार्यालयको काम गर्ने गरी तोक्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम स्थापना भएको कार्यालयले देहायको कार्य गर्नेछ ः-
(क) दामासाहीसम्बन्धी व्यवसायको प्रशासन गर्ने,
(ख) दामासाहीसम्बन्धी व्यवसायीको दर्ता गर्ने, इजाजतपत्र दिने तथा सोको नवीकरण गर्ने,
(ग) दामासाहीमा परेको कम्पनीको व्यवस्थापनको सामान्य सुपरीपेक्षण गर्ने
(घ) दामासाहीसम्बन्धी व्यवसायीहरूले पालना गर्ने पदीय आचरणको अनुसन्धान गर्ने,
(ङ) दामासाहीमा परेका प्रत्येक कम्पनीको अभिलेख खडा गर्ने, र
(च) तोकिएबमोजिमको अन्य काम गर्ने ।