दफा १४
दामासाही सम्बन्धी कारबाहीको जाँचबुझ अवधि बढाउन सकिने
: (१) दफा १३ को उपदफा (२) बमोजिम तोकिएको जाँचबुझ अवधिभित्र कम्पनीको वित्तीय स्थिति जाँचबुझ हुन नसक्ने मनासिब कारण देखाई जाँचबुझ अधिकारीले सो अवधि बढाउन अदालत समक्ष निवेदन दिएमा अदालतले कारण मनासिब ठहर गरेमा उपयुक्त अवधि बढाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम जाँचबुझको अवधि बढाइएकोमा सोको जानकारी सम्बन्धित कम्पनीलाई दिनु पर्नेछ ।