दफा
दामासाहीको कारबाहीका लागि निवेदन गर्न नसकिने
: (१) दफा ४ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कम्पनीका सम्बन्धमा देहायका अधिकारीको पूर्व स्वीकृति प्राप्त नगरी दामासाहीसम्बन्धी कारबाही गर्न अदालतमा निवेदन गर्न सकिने छैन ः-
(क) बैंकिङ्ग तथा वित्तीय कारोबार गर्ने बैङ्क वा वित्तीय संस्थाको हकमा नेपाल राष्ट्र बैङ्कको,
(ख) बीमा व्यवसाय गर्ने बीमा कम्पनीका हकमा बीमा ऐन, २०४९ बमोजिम गठित बीमा समितिको, वा
(ग) खण्ड (क) वा (ख) मा लेखिएबाहेक प्रचलित कानुनबमोजिम अधिकारप्राप्त निकाय वा अधिकारीको स्वीकृति बिना स्वेच्छाले खारेज हुन नसक्ने कम्पनीको हकमा त्यस्तो अधिकारीको ।
(२) उपदफा (१) मा उल्लेख भएका कम्पनीका सम्बन्धमा दामासाहीसम्बन्धी कारबाहीका लागि निवेदन दिँदा सो उपदफामा उल्लेख भएका अधिकारीले सो प्रयोजनका लागि दिएको स्वीकृतिको प्रतिलिपि निवेदन साथ पेश गर्नु पर्नेछ ।