दफा ७७
दायित्वमा असर नपर्ने
यस परिच्छेद बमोजिम कुनै बैंक वा वित्तीय संस्था खारेज भएको कारणबाट यस ऐन वा अन्य प्रचलित कानून बमोजिम त्यस्तो बैंक वा वित्तीय संस्थाको कुनै शेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख, पदाधिकारी, कर्मचारी वा अन्य व्यक्तिको दायित्वमा कुनै असर पर्ने छैन ।