दफा ५८
दावी नपरेको रकम कोषमा जम्मा गर्नुपर्ने
(१) प्रचलित कानून बमोजिम रोजगारदाताले
योगदानकर्तालाई उपलब्ध गराउनु पर्ने रकम वा अदालतको आदेश बमोजिम दिनु पर्ने कुनै रकम
सम्बन्धित योगदानकर्ता वा निजले इच्छाएको व्यक्ति वा निजको आश्रीत परिवारले पाँच वर्षसम्म पनि
बुझिलिन नआएमा सम्बन्धित रोजगारदाता वा संस्था वा निकायले त्यस्तो रकम एक महिनाभित्र कोषमा
जम्मा गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त रकम कोषलेबैङ्क तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून
बमोजिम वित्तीय कारोबार गर्न इजाजतप्राप्त “क” वर्गको बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली
जम्मा गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम जम्मा भएको रकमको प्रयोग तोकिए बमोजिम हुनेछ ।