दफा २७
दिशान्तर गर्न सक्ने
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि बालबालिकाको सर्वोत्तम हितको लागि दिशान्तर गर्न मनासिब देखिएमा देहायको अवस्थामा देहायका अधिकारीले कसूरजन्य कार्यको अभियोग लागेका बालबालिकालाई दिशान्तर गर्ने निर्णय गर्न सक्नेछ ः-
(क) पाँच हजार रूपैयाँसम्म बिगो भएको वा दुई हजार रुपैयाँसम्म जरिबाना वा एक महिनासम्म कैद हुन सक्नेमा अनुसन्धान अधिकारीले,
(ख) दश हजार रूपैयाँसम्म बिगो भएको वा पाँच हजार रूपैयाँसम्म जरिबाना वा तीन वर्षसम्म कैद हुन सक्नेमा सरकारी वकीलले,
(ग) जतिसुकै बिगो भएको वा जतिसुकै जरिबाना वा कैद हुन सक्नेमा बाल अदालतले।
(२) उपदफा (१) को खण्ड (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने मुद्दामा बालबालिकालाई दिशान्तर गर्न सकिने छैन।
(३) दिशान्तरको आदेशमा चित्त नबुझेमा बालबालिका वा संरक्षकले उपदफा (१) को खण्ड (क) र (ख) को हकमा बाल अदालतमा र खण्ड (ग) को हकमा उच्च अदालतमा निवेदन दिन सक्नेछ।