नियम ४१
दिशान्तरको प्रक्रिया परिवर्तन वा पूरा गराउन सक्ने
: ऐनको दफा २७ बमोजिम दिशान्तर गरिएको बालबालिका दिशान्तर प्रक्रियामा निरन्तर रुपमा सहभागी नभएको भनी ऐनको दफा २९ को उपदफा (७) बमोजिम प्रोवेशन अधिकारीले प्रतिवेदन दिएमा दिशान्तर गर्ने अनुसन्धान अधिकारी, सरकारी वकिल वा बाल अदालतले दिशान्तरको प्रक्रिया परिवर्तन गर्न वा पहिलेको प्रक्रियालाई पूरा गर्न वा गराउन सक्नेछ ।