दफा
दुलही पक्षले लिन नहुने

(१) छोरीबेटीको विवाह गरी दिंदा सो बापत दुलही पक्षले आफनो लागि कुनै नगदी जिन्सी लिन हुँदैन ।
(२) विवाह हुने छोरीबेटीको लागि दुलहा पक्षले यति गहना, कपडा, नगद–जिन्सी वा जेथा दिनुपर्छ भनी कर लगाउन हुँदैन ।
(३) उपदफा (१) उल्लंघन गर्नेलाई बिगो जफत गरी बाह्र हजारदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । दिनेलाई त्यसको आधासम्म सजाय हुनेछ ।
(४) उपदफा (२) उल्लंघन गर्नेलाई दश हजार रुपैयाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद हुनेछ ।