नियम १२
दैनिक कार्यसूची
(१) अध्यक्षको निर्देशन अनुसार महासचिव वा निजको अनुपस्थितिमा सचिवले बैठकको कार्यसूची तयार गर्नेछ र त्यसको प्रति सामान्यतया एक दिन अगावै सदस्य र संसदीय दलको कार्यालयलाई उपलब्ध गराउनेछ । तर विशेष परिस्थितिमा अध्यक्षको निर्देशन अनुसार बैठक बस्ने एक घण्टा अगावै कार्यसूची तयार गरी त्यसको एक प्रति सदस्यलाई उपलब्ध गराउन सकिनेछ । (२) यस नियमावलीमा अन्यथा लेखिएकोमा बाहेक अध्यक्षको अनुमति नलिई कुनै दिनको कार्य सूचीमा नपरेको कुनै विषयमाथि सो दिन विचार गर्न सकिने छैन ।