दफा १९क
दैनिक तथा भ्रमण भत्ता पाउने
महान्यायाधिवक्ताको पदमा तीन वर्ष काम गरिसकेको महान्यायाधिवक्ताले आफूले पकाएको घर बिदामा आफ्नो घर जाँदा र घरबाट फर्कदा वर्षको एक पटक यो ऐन बमोजिम पाउने दैनिक तथा भ्रमण भत्ताको आधाको दरले दैनिक तथा भ्रमण भत्ता पाउनेछ ।
तर परिवारका सदस्यले दैनिक तथा भ्रमण भत्ता पाउने छैन ।