दफा ७
दैनिक तथा भ्रमण भत्ता
(१) महान्यायाधिवक्तालाई आफ्नो ओहदा सम्बन्धी काममा नेपाल भित्र भ्रमण गर्दा देहाय बमोजिम दैनिक तथा भ्रमण भत्ता दिइने छ :-
(क) दैनिक भत्ताः अनुसूची–१ मा उल्लेख भए बमोजिमको रकम ।
(ख) भ्रमण भत्ताः (१) पैदल भ्रमण गर्दा अनुसूची–१ मा उल्लेख भए बमोजिमको रकम ।
(२) बसबाट भ्रमण गर्दा एकजनालाई लाग्ने भाडा ।
(३) रेलबाट भ्रमण गर्दा एकजनालाई लाग्ने पहिलो दर्जाको टिकट खर्च ।
(४) हवाई जहाजबाट भ्रमण गर्दा एकजनालाई लाग्ने टिकट खर्च ।
(५) अन्य सवारीबाट भ्रमण गर्दा एकजनालाई लाग्ने भाडा ।
(२) महान्यायाधिवक्तालाई आफ्नो ओहदा सम्बन्धी काममा वा नेपाल सरकारको तर्फबाट कुनै समारोह, उत्सव, अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार आदिमा भाग लिन नेपाल बाहिर भ्रमण गर्दा देहाय बमोजिम दैनिक तथा भ्रमण भत्ता दिइनेछ :-
(क) दैनिक भत्ता: अनुसूची–२ मा उल्लेख भए बमोजिमको रकम ।
(ख) भ्रमण भत्ता: (१) मोटरबाट भ्रमण गर्दा एकजनालाई लाग्ने बिल बमोजिमको मोटर भाडा ।
(२) रेलबाट भ्रमण गर्दा एकजनालाई लाग्ने पहिलो दर्जाको टिकट खर्च ।
(३) हवाई जहाजबाट भ्रमण गर्दा एकजनालाई लाग्ने बिजिनेश दर्जाको टिकट खर्च ।
(४) जलमार्गबाट भ्रमण गर्दा एकजनालाई लाग्ने बिल बमोजिमको खर्च ।
(३) महान्यायाधिवक्ताले नेपाल बाहिर औपचारिक रुपमा विदेशी राष्ट्रहरुको अतिथिको रुपमा भ्रमणमा जाँदा त्यस्तो राष्ट्रमा रहुन्जेलसम्म उपदफा (२) को खण्ड (क) बमोजिम पाउने दैनिक भत्ताको आधाको दरले मात्र दैनिक भत्ता पाउनेछ ।