दफा ११
दैनिक भत्ता तथा भ्रमण खर्च

(१) राष्ट्रपति वा उपराष्ट्रपति आफ्नो ओहोदा सम्बन्धी कामको सिलसिलामा स्वदेश वा विदेशको भ्रमण गर्दाको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्नेछ ।
(२) राष्ट्रपति वा उपराष्ट्रपति स्वदेश तथा विदेशको भ्रमण गर्दा अनुसूची–२ मा उल्लेख भए बमोजिमको दैनिक भत्ता पाउनेछन् ।