दफा ४४
दैनिक मुद्दा पेसी सूची
(१) नियम ४३ बमोजिम साप्ताहिक पेसी सूचीमा समावेश भएका मुद्दा तथा पूरक पेसी सूची मध्येबाट रजिस्ट्रारले दैनिक पेसी सूची तयार गर्नको लागि मुद्वाको सूची अध्यक्षसमक्ष पेस गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम पेस भएको मुद्दाको सूचीबाट अध्यक्षले गोला प्रक्रिया अबलम्बन गरी दैनिक पेसी सूची निर्धारण गर्ने प्रबन्ध मिलाउनेछ।
(३) गोला प्रक्रिया सम्बन्धी अन्य व्यवस्था अदालतले निर्धारण गरे बमोजिम हुनेछ।
(४) यस नियम बमोजिम दैनिक पेसी सूची तयार गर्दा देहाय बमोजिमको प्राथमिकताक्रम अनुसार तयार गर्नु पर्नेछः-
(क) अभियुक्तको बयान र थुनछेक आदेश गर्नु पर्ने मुद्दा,
(ख) इजलासमा पेस हुने पूरक निवेदनहरू,
(ग) कसूर ठहर भई सजाय निर्धारणको लागि पेस हुने मुद्दा,
(घ) हेदहिर्दैको मुद्दा,
(ङ) प्रतिवादी थुनामा रहेको मुद्दा,
(च) साठी वर्ष उमेर पूरा भएका जेष्ठ नागरिक, नाबालक, गर्भवती महिला वा शारीरिक असक्तता भएको व्यक्ति तारिखमा रहेको मुद्दा,
(छ) पूर्व आदेश अनुसार पेसीको निश्चित मिति तोकिएको मुद्दा,
(ज) मुद्दाको प्रकृतिबाट चाँडो किनारा हुन आवश्यक छ भनी अध्यक्ष वा इजलासले अग्राधिकार दिई हेर्न आदेश दिएका मुद्दा,
(झ) मुल्तबीबाट जागेका वा पुनः इन्साफ गर्न सर्वोच्च अदालतबाट पठाएका मुद्दा,
(ज) मुद्दा दर्ताको क्रम अनुसार अन्य मुद्दा।
(५) मुद्दाको दैनिक पेसी सूची निर्धारण भएपछि रजिस्ट्रारले त्यस्तो सूची अदालतको सूचना पाटीमा टाँस गर्ने, तत्कालै वेबसाइटमा प्रकाशन गर्ने र सूचीको एकप्रति सम्बन्धित सदस्यलाई उपलब्ध गराउने व्यवस्था मिलाउनेछ।
(६) अभियोगपत्रसाथ पेस भएको वा अदालतबाट जारी भएको म्याद वा पक्राउपूर्जी बमोजिम हाजिर भएको वा पक्राउ भई आएको व्यक्तिको बयान तथा थुनछेकको प्रयोजनका लागि उपनियम (२) बमोजिम अध्यक्षले गोला प्रक्रियाद्वारा इजलास तोक्ने प्रबन्ध मिलाउनेछ।
(७) अदालतमा हेदहिदैं रहेको मुद्दा सम्बन्धित इजलासले नै हेर्ने गरी पेसी व्यवस्थापन हुनेछ।
(८) अदालतले निश्चित प्रकृतिका मुद्दाहरू खास दिनमा सुनुवाई गर्ने गरी पेसी व्यवस्थापन गर्न सक्नेछ।