नियम २५
धरौटी रकमको परिचालन
(१) ऐनको दफा ११ को उपदफा ।२। वमोजिम प्राप्त नगद धरौटी रकम मध्ये नब्बे प्रतिशत रकम विभागले कुनै वाणिज्य वेङ्गमा मुद्दती खाता खोली जम्मा गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मुद्दति खातामा जम्मा गरेको रकमबाट प्राप्त व्याजको . पचहत्तर प्रतिशत रकम कोषमा जम्मा गरिनेछ ।
(३) उपनियम [१) बमोजिम मुद्दति खातामा जम्मा गरेको रकमबाट प्राप्त व्याजको पच्चीस प्रतिशत रकम विभागले वैदेशिक रोजगार व्यवसाय कोषको नाममा खाता खोली जम्मा गर्नेछ ।
(४) उपनियम (३) वमोजिमको कोषको नाममा रहेको रकम इजाजतपत्रबालाको व्यवसायिक क्षमता अभिवृद्धि तथा कल्याणकारी कार्य वा वैदेशिक रोजगार सम्बन्धी अध्ययन अनुसन्धानको कार्यमा उपयोग गरिनेछ ।
(५) उपनियम (४) बमोजिमको: रकमको उपयोग गर्ने सम्बन्धमा मन्त्रालयले मापदण्ड बनाई लागु गर्नेछ ।