दफा ५९
धारा जडान स्थान परिवर्तन गर्न सकिने
(१) उपभोक्ताले कुनै कारणले धाराको जडान स्थान परिवर्तन गर्नु पर्ने भएमा सेवाप्रदायकले निर्धारण गरेको ढाँचामा सेवाप्रदायक समक्ष निवेदन दिनु पर्नेछ ।

(२) उपनियम- (१) बमोजिमको निवेदन प्राप्त भएपछि सेवाप्रदायकबाट जाँचबुझ गर्दा प्राविधिक दृष्टिकोणले धारा जडान (स्थान परिवर्तन गर्न उपयुक्त देखिएमा सेवाप्रदायकले. आवश्यक शुल्क लिई धारा जडान स्थान परिवर्तन गर्नु पर्नेछ।